काठमाडौंमा पानी प¥यो

बुधबार विहान काठमाडौं उपत्यका लगायत देशका पश्चिमी भेगमा पानी परेको छ पश्चिमी वायुका कारण बुधबार देशभर मौसममा बदली हुने मौसमविद्हरुले बताएका छन । पानी भने काठमाडौं उपत्यका र देशका पश्चिमी भेगमा परेको छ भोली भने पूर्वी क्षेत्रमा पानी पर्ने अनुमान गरिएको छ । मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौंमा डिसेम्बरपछि पहिलो पटक वर्षा भएको हो । बुधबार दिनभर मौसम सक्रिय हुने बताइएको छ । भोलिबाट मौसममा सुधार आउने र आकाश खुला हुने मौसमविदहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?