ए डिभिजन लिगमा आज दुई खेल : मनाङ र थ्री स्टार भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछ ।

पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् त्यस्तै, दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र पुलिसबीचको पहिलो खेल मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ । पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ । जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा लिगकै ठुलो क्लब मानिने मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा दुवै टिम दिउँसो ३ बजे आमने सामने हुनेछन् । मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?