नेवि संघ त्रिभुवन विश्वविद्यालय समिति केन्द्रीय क्याम्पस किर्तिपुरद्वारा आयोजित उपत्यका स्तरीय स्ववियू निर्वाचन तयारी छलफल कार्यक्रम सम्पन्न भएको छ| ।
विश्वविद्यालय अध्यक्ष हरि आचार्यको अध्यक्षतामा उपत्यका स्तरीय तयारी छलफलले विभिन्न क्याम्पसको अवस्था बुझ्दै ४ बुँदे निर्णय गरेको नेबि संघ विश्वविद्यालय सचिव योगेन्द्र रावलले जानकारी दिए ।
अबिलम्ब स्वबियु निर्वाचन कार्यतालिका माग्ने, चुनाव आफ्नो पक्षमा पार्न क्यम्पस केन्द्रीत हुने, मातृपार्टी नेपाली कांग्रेसलाई स्वबियु निर्वाचन सम्पन्न गर्न सहजताको निम्ति अबिलम्ब तदर्थ केन्द्रिय समिति गठन गर्न माग गर्ने र नेबि संघलाई स्वबियु निर्वाचन जिताउन देशब्यापी रणनैतिक अभियान सन्चालन गर्ने निर्णय गरेकाे उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सहमहामन्त्री बलदेव तिमिल्सिनाले स्वबियु निर्वाचन अपरिहार्य भन्दै सम्पूर्ण रुपमा सहयोग गर्ने बताए ।
नेता बिपिन अधिकारीले स्वबियु निर्वाचनको गरिमा बुझ्न सबैलाई आग्रह गरे भने पुर्व केन्द्रीय सदस्य सुशील भट्टले स्वबियु निर्वाचन सम्पन्न गर्न जस्तोसुकै मूल्य चुकाउन परेपनि पछि नहट्ने बताए ।
स्बबियु निर्वाचन केन्द्रित कार्यक्रमहरु लिएर देशभरीनै स्बबियु हुने क्याम्पसहरुमा नेबि संघ अगाडि बढ्ने भट्टले बताए ।
कार्यक्रममा पूर्व केन्द्रिय सदस्य रत्नहरी ढुङ्गेल र अर्का नेता निरञ्जन थापाले स्बबियु निर्वाचन कार्यतालिका चाँडोभन्दा चाडो ल्याउन दबाब दिनुको बिकल्प नरहेको बताए ।
छलफल कार्यक्रममा नेविसंघ नेताहरु ईश्वर अधिकारी,निराजन थापा,कुमार दुलाल,शशांक श्री न्यौपाने, सन्ताेेष गुरूङ, सुवास घिमिरे लगायतको उपस्थिति थियो भने उपत्यका भित्र र बहिरका ईकाई अध्यक्ष एवम् पदाधिकारीको पनि सहभागीता रहेको थियो| ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया