म्यान्चेस्टर सिटी इएफएल फुटबलको फाइनलमा

काठमाडौं, १० माघ । म्यान्चेस्टर सिटी इङलिस लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ मंगलबारराति भएको खेलमा ब्रिस्टोल सिटीलाई ३–२ ले हराएको सिटी समग्रमा ५–३ को जितसहित इएफएल फुटबलको फाइनलमा प्रवेश गरेको हो ईएफएल कप वा काराबाओ कप पनि भनिने प्रतियोगिताको सेमिफाईनलको पहिलो लिगमा सिटी २–१ ले विजयी भएको थियो दोस्रो लिगको खेलमा सिटीलाई विजयी गराउन लोरी साने, केभिन डे ब्रायन र सर्जियो अगुएरोले एक एक गोल गरे भने ब्रिस्टोल सिटीका मार्लन प्याक र एडन फ्लिन्टले दुई गोल फर्काए सिटीले अब उपाधिका लागि चेल्सी र आर्सनलमध्ये एक टोलीसँग खेल्नेछ पहिलो लेगमा गोलरहित बराबरी खेलेका चेल्सी र आर्सनलबीचको सेमिफाइनल दोस्रो लेगको खेल आज राती हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?