२०७४, १० माघ बुधबार १०:१७

चिसोका कारण सिरहामा थप एकको मृत्यु


प्रकाशित मिति : २०७४, १० माघ बुधबार १०:१७

लहान, १० माघ । अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र केही मिनेटमै मृत्यु भएको परिवारजनले बताएका छन् । यो सँगै सिरहामा चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस