तपाईको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस्

आज मिति २०७६ साल माघ महिनाको ४ गते शनिबार । इस्वी संवत २०२० जनवरी १७ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । हेमन्त ऋतु । ने।सं। ११४० पोहेलागा । माघ कृष्णपक्ष । तिथी– अष्टमी, ८ बजेर ५६ मिनेट उप्रान्त नवमी । नक्षत्र– स्वाती, २७ बजेर २५ मिनेट उप्रान्त विशाखा । योग– धृति, १५ बजेर ५७ मिनेट उप्रान्त शूल । करण– कौलव, ८ बजेर ५६ मिनेट उप्रान्त तैतिल, १९ बजेर ५३ मिनेट उप्रान्त गर । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेटमा, सूर्यास्त १७ बजेर ३१ मिनेटमा । दिनमान २६ घडी २३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः रमाईलो तथा पारिवारिक माहोलमा दिन बित्नेछ भने पारिवारिक माहोलमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसायमा सानो सानो लगानीबाट पनि मनग्ये धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः कार्यक्षेत्रमा केहि विषयमा विवाद भएपनि तपाईको भनाई तथा रायलाई स्वीकार्दै जाने सहमती जुट्नेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउनेछ । आफन्त तथा मावलीपक्षबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइ सफलताकै मार्गमा अगाडि बढ्नेछ । प्रयन्न गर्दा राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको खुट्टा तान्ने तथ कुरा काट्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाफामुलक व्यवसाय भन्दा सेवामुलक व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । अदालती निर्णयहरु तपाईकै पक्षमा सम्पादन हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः अरुको विस्वास जिति काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । कामगर्ने भन्दा आस्वासन वाढ्नेहरु सक्रिय हुनेछन् । पढ्ने लेख्ने काममा मन नजाँदा नतिजा अरुतिर नै जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः उत्कृष्ट नजिता हातपार्न काममा थोरै समय लगानि नै काफी हुनेछ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईकै पक्षमा हुनेछन् । दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानि गर्ने सहज वातावरण बन्नेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः विगतमा गरिएको कामको सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न रहनेछ । रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः सामाजिक काम गर्दा ध्यान दिनुहोला, समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउँन सक्छ । पढन पाठनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसी कुरामा राय बाजिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः खर्च बढेपनि उपलव्धिमुलक कामहरु हुनेछन् । लामो दूरीको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशी
सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः व्यापार व्यवसायबाट मनग्ये आम्दानी हुँनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । विभिन्न अवसरले पछ्याउँने तथा रोजगारी पाउँने समय रहेको छ । भौतिक तथा भोग बिलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामि दिनहरुमा विवाहरुपि निकास पाउँने योग रहेको छ । अध्यनमा प्रगति हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः कर्मभावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्ये लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ । पढाइ लेखामा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरीको योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाइकै सवालमा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानीबाट सुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्ये फाइदा कमाउँन सकिनेछ । माया प्रेमको डोरी कसिलो भएर जानेछ । धर्म संस्कृती तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्नाहरु हुन सक्छन् । यात्रा प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदिबहिनीसँग मनमुटाव बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्रा सफलता हात पार्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?