माघ ४ गतेदेखी माघ १० गतेसम्म तपाईको भाग्य कस्तो रहनेछ ? हेनुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैँतिर ल्याउँन सकिनेछ । अथितिको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सोमबार बिहानबाट बिहीबार सम्मको समय मध्यम रहेकोले परिश्रमको फल ढिला प्राप्त हुनेछ । सामान्य कुरामा अल्मलिदा उपलव्धिमुलक कामहरु गुम्नसक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ, ध्यान दिनुहोला । आफन्त तथा दिदिबहिनीहरुसँग मनमुटाव सिर्जना हुनेछ । ऋण, रोग तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । तापनि प्रयन्त गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारको सिलसिलामा लामो दूरीको यात्राको अधिक सम्भावना रहेकोछ भने व्यावसायमा लगानी गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्ये धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला, साहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुँनेछ । प्रेम सम्वन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । बुधबारबाट समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले राम्रा काम गरी अरुको विस्वास जित्न सकिनेछ । धैर्यधारण गरी काम गर्नाले कामहरु समयमा नै सम्पन्न हुनेछन् । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउँदै विजय भईनेछ । स्कुल, कलेज, बैंक तथा वित्तिय क्षेत्रको लगानी अथवा त्यो सँग सम्बन्धित कामहरुबाट सन्तुष्टि हुन सकिनेछ । व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अथितिको रुममा सम्पान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नाले मन उत्साहित हुनेछ । शत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आइतबार साँझसम्मको समय मध्यम रहेकोले आफ्नै भन्नेहरुले आश्वासन बाढ्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेकोछ ध्यान दिनुहोला । आइतबार साँझबाट समय राम्रो रहेकोले वौद्धिक व्यक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैँतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साताको सुरु र अन्तको समय राम्रो रहेकोले आफ्नै मेहनेतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । सोमबारबाट बिहीबारसम्मको समय मध्ययम रहेकोले राजनीति तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला आलोचन गर्नेहरु सक्रिय हुनेछन् । बिरोधीहरुको सक्रियता बढ्ने हुदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । अनावस्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । तापनि कृषि तथा पशुपालन व्यवसायबाट लाभ उठाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) आफ्नै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरिने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा मन जानेछ भने पढाईकै सवालमा यात्रा हुनेछ । बुधबारबाट समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । अन्य व्यापार व्यावसायमा मन्दि आउँने भएपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईदेखि रिसाउँनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउँन सक्छ । भौतिक सम्पत्ति तथा उपहार प्राप्तीको योग भएपनि विभिन्न कारणले टरेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोगमार्फत व्यवसाय गरि रोजगारीको अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । बुधबार साँझबाट समय मध्यम रहेकोले खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिुर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईको व्याहारले माया प्रेममा अविश्वास बढ्नेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साताको सुरु र अन्तको समय मध्यम रहेकोले ढिला सुस्ति तथा मनमा अशान्तिले दैनिक कामहरु प्रभावित हुनेछन् । पुख्र्यौली सम्पति तथा भौतिक सम्पत्तिमा विवाद हुन सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्दागर्दै आलोचित हुनु पर्नेछ । सोमबारबाट बिहीबारसम्मको समय राम्रो रहेकोले पुरुषार्थी काम गरी नाम दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । खेलकुद तथा पराक्रमि क्रिर्याकलापमा भाग लिन सकिने तथा देश विदेशको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तकोे समय राम्रो रहेकोले आफ्नो दैनिक काम समयमा सम्पादन गरी बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ । ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोग पाईनेछ । पढाइमा मन जाने तथा नतिजा आफैँतिर ल्याउँन सकिनेछ । राजनीतिज्ञ तथा समाजसेवीकका लागी समयले साथ दिनेछ । सोमबार र मंगलबारको समय मध्यम रहेकोले आफन्त तथा साथीभाईबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आशा देखाउँनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । तरपनि लामो दूरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साताको सुरु अन्तको समय राम्रो रहेकोले विभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पत्तिको प्रयोगमार्फत आम्दानी बढाउँन सकिनेछ । शिक्षा तथा बैकिङ क्षेत्रमा गरिएको लगानीबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेको छ । दाजुभाईको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । सानो लगानीबाट मनग्ये धन आर्जन गर्न सकिनेछ भने व्यापार व्यवसाय फस्टाएर जानेछ । मन परेको वस्तु प्रयोग गर्न पाइनाले मन प्रशन्न हुनेछ । बुवा तथा अग्रजहरुको धन तथा सम्पत्तिको प्रयोग गरी आए आम्दानी बढाउँन सकिनेछ । बुधबारबाट शुक्रबारसम्मको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । तरपनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । लामो दूरीको विदेश यात्राको योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो रहेकोले बौद्धिक, प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख, प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउँन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायबाट मनग्ये लाभ लिन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय उत्तम रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आइतबारसम्मको समय मध्यम रहेकोले व्यक्तिगत स्वास्र्थ तथा वैराग्यभाव त्यागेर अगाढ बढ्नुहोला । सवारि साधन तथा भौतिक सम्पत्त्किो प्रयोग गर्दा विशेष सावधानि अपनाउँनुहोला । आलश्य तथा थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछैन । सोमबारबाट समय उत्तम रहेकोले पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै सवालमा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानीबाट सुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्ये फाईदा कमाउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म संस्कृति तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

तपाईको दिन शुभ रहोस ।
ज्यो दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?