३० जिल्ला न्यायाधीशका लागि ४२४ प्रतिस्पर्धी

काठमाडौँ, १० माघ – पहिलोपटक खुला प्रतिस्पर्धाबाट छानिन लागेका ३० जना जिल्ला न्यायाधीशका लागि ४२४ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । समानुपातिक समावेशी रूपमा नियुक्त गर्नेगरी न्याय परिषद्ले पहिलोपटक खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीश चयन प्रक्रिया अघि बढाएको थियो । जिल्ला न्यायाधीशको परीक्षा आउँदो बिहीबारदेखि हुनेछ न्यायसेवा आयोगले निर्धारण गरेको पाठ्यक्रमअनुसार प्रतिस्पर्धीले चार विषयमा परीक्षा दिनुपर्नेछ । त्यसका लागि आयोगले परीक्षा तालिकासमेत सार्वजनिक गरिसकेको छ । उत्तीर्ण परीक्षार्थीको विवरण आयोगले न्यायपरिषद्मा पेश गर्नेछ । आयोगको सिफारिसअनुसार न्यायपरिषद्ले न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद् सचिव राजन भट्टराईले जानकारी दिए, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?