३ लाखको गाडी यसरी बेचिन्छ १५ लाखमा, कुन शीर्षकमा कति असुली ?

काठमाडौं, १० माघ- आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध विभागले ठगी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सले सवारीसाधन बिक्रीमा अस्वाभाविक शुल्क उठाएको भेटिएको छ २ लाख ७५ हजार रुपैयाँ सुरुको मूल्य रहेको मारुती अल्टो एसटीडी ८०० गाडीलाई झन्डै तीन लाखदेखि ४ लाख रुपैयाँसम्म अस्वाभाविक शुल्क लिएको कम्पनीले आपूर्ति मन्त्रालयलाई बुझाएको विवरणमा नै स्वीकार गरेको भेटिएको हो । सो गाडीलाई उसले नेपालमा १४ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ सो कम्पनीले भारतीय कम्पनीबाट मारुती अल्टो ८०० एसटीडी गाडी २ लाख ७५ हजार रुपैयाँमा खरिद गर्दै आएको छ । त्यो गाडी नेपालमा भित्रिनका लागि मूल्यको ७७ प्रतिशत भन्सार शुल्क, त्यसको ६० प्रतिशत अन्तःशुल्क र त्यसपछिको १३ प्रतिशत भ्याटसहित गर्दा कम्पनीले भन्सार बिन्दुमा ६ लाख ४१ हजार ६१८ रुपैयाँ सरकारलाई तिर्दै आएको छ नेपालमा ल्याइसकेपछि दर्ता गर्ने समयमा सडक करबापत ७ प्रतिशत करसहित उसले भन्सार बिन्दुमा तिर्ने करसमेत गरी ७ लाख ६ हजार ८३९ रुपैयाँ सरकारलाई तिर्छ सरकारले मूल्य तोकेको वस्तुमा २० प्रतिशतभन्दा बढी फाइदा खान नपाउने भनिएको भए पनि यसमा सरकारले मूल्य नतोकेका कारण पनि धेरै ठगी हुने गरेको विभागका अधिकारीहरू बताउँछन्, राजधानी दैनिकमा खबर छ कुन शीर्षकमा कति असुली ?शीर्षक रकमभन्सार मूल्यांकन २९०१०७भन्सार कर (७७ दशमलव ६० प्रतिशत) २२५११३अन्तःशुल्क (६० प्रतिशत) ३९१३८भ्याट (१३ प्रतिशत) १७१६८सडक कर (७ प्रतिशत) ६५२२१पेट्रोलबापत ४५००मोबिल तीन लिटर २४००ट्रान्जिट इन्स्योरेन्स ३५००फ्रिज १४१२०मार्जिन इन्स्योरेन्स ४०७दर्ता तथा प्रदूषण शुल्क ५००पोलिसिङ २५००हिटर फिटिङ ११०००पाटपुर्जा ८५००एक वर्षको सवारी कर १९०००सवारी लैजाँदाको पेट्रोेल ६००विज्ञापन तथा मार्केटिङ ९६०००प्रशासन तथा तलब ३६०००एक वर्षको इन्स्योरेन्स ३६०००बैंक ब्याज २७५००होल्डिङ २००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?