बच्चाको स्कुल फि तिर्न यी मानिसले छापे नक्कली नोट

काठमाडौं । भारतको उत्तराखण्डमा नक्कली नोट छाप्ने एक व्यक्तिलाई प्रक्राउ गरेको उक्त व्यक्ति एक आयुर्वेदिक डाक्टर हुन् । पुलिसले उक्त व्यक्तिलाई नक्कली नोट छाप्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

नक्कली नोट छाप्दै गरेको बेला पुलिसले उसका साथबाट ११ वटा हजारका भारतीय नक्कली नोट पनि बरामद गरेको छ ।

उक्त डाक्टरले प्रहरीको सोधपुछका क्रममा नक्कली नोट छाप्नुको कारण आफ्नो बच्चाको स्कूल फि तिर्न छाप्ने गरेको बताएका छन् ।

यो घटनासँग सम्बन्धित दुई अन्य व्यक्ति विक्रम चौहार राजेश गौतमलाई पनि प्रहरीले समातेको छ । उनीहरु दुई जनालाई प्रहरीले सन् २०१९ को सेप्टेम्वरमा पक्राउ गरेको थियो । तर डाक्टर भनिएका सञ्जय शर्मा भने फरार भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?