दुलहालाई बम्पर उपहार !

काठमाडौं । पाकिस्तानको विवाहमा दुलहालाई मिल्ने डिस्काउन्टवाला भिडियो अहिले जताततै भाइरल भईरहेको छ । त्यहाँका म्यारिज हलका मालिकले एउटा स्कीम निकालेका छन् ।

स्कीममा जसले दोश्रो, तेश्रो वा चौथो विवाह गर्छ त्यसलाई छुट दिने व्यवस्था गरिएको छ । तर यो योजनामा भाग लिन युवकले एक सर्त पालना गनुपर्ने हुन्छ ।

पाकिस्तानमा एक म्यारिज हलको तर्फबाट दिइएको यो अफर अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । यो मामला पाकिस्तानको बहावलपुरमा खुलेको एक नयाँ म्यारिज हलको हो ।

अफर अनुसार दोश्रो विवाह गर्ने युवकलाई ५० प्रतिशत छुट, तेश्रो विवाह गर्नेलाई ७५ प्रतिशत छुट र चौथो विवाह गर्नलाई फ्रिमा होटलमा बस्न सक्ने व्यवस्था गरिएको छ । तर यो अफर पाउनको लागि कसैले पनि म्यारिज हलका मालिकको एउटा कुरा मान्नै पर्ने हुन्छ ।

भाइरल भईरहेको भिडियोलाई पाकिस्तानी एक न्युज च्यानलले शेयर गरेको छ । साथै क्याप्सनमा बहावलपुरमा विवाहको स्पेशल अफरको ओपन च्यालेन्ज भनेर लेखिएको छ ।

तर उक्त अफर पाउनको लागि म्यारिज हलका मालिकले उक्त विवाह गर्नेवालाकी पहिलो श्रीमतीले बुक गरेमात्र उनीहरुले त्यो अफर पाउने छन् ।

भिडियो तथा शर्तलाई लिएर मानिसहरुले अत्याधिक कमेन्ट गरिरहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?