विद्यार्थी विदेश लैजान ३५ वटा शैक्षिक मेला

काठमाडौँ, १० माघ- पछिल्लो समय शैक्षिक मेला आयोजना गर्दै नेपालबाट विदेशमा विद्यार्थी लैजाने क्रम बढेको छ । विगतमा एक–दुई संस्थाले गर्दै आएकामा केही समययता मेला गर्नेको संख्या ह्वात्तै बढेको छ । यो आर्थिक वर्षमा मात्रै ३५ वटा संस्थाले शैक्षिक मेलाका लागि स्वीकृति लिएका छन् शैक्षिक मेला गर्नेमा अधिकांश नेपाली शैक्षिक संस्था रहेका छन् । शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका शाखा अधिकृत तारानाथ निरौलाका अनुसार चालू आवमा स्वीकृति पाएका ३५ मध्ये पाँचवटा विदेशी संस्थाले शैक्षिक मेला आयोजना गरेका छन् । यो वर्ष धेरै शैक्षिक मेला आयोजना भएको उनको भनाइ छ, नयाँ पत्रिकामा खबर छ मेलाका लागि नेपाली संस्थाले पाँच हजार र विदेशी संस्थाले एक हजार डलर राजश्व तिर्नुपर्ने व्यवस्था छ । कतिपय शैक्षिक संस्थाले विद्यालय शिक्षाका लागि समेत स्वीकृति माग्ने गरे पनि शिक्षा मन्त्रालयले स्वीकृति दिएको छैन । निरौलाका अनुसार विद्यालय शिक्षा राज्यको दायित्व भएकाले त्यसका लागि शैक्षिक मेला गर्न स्वीकृति नदिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?