काठमाडौं । त्रिभुवन आर्मी क्लब पाँचौ संस्करणको आरबीबी एनभीए अन्तर्गत महिला-पुरुष भलिवल क्लब च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रवार भएको खेलमा आरजी ग्रुपलाई ३-०को सेटमा हराउँदै आर्मीले विजयी शुरुवात गरेको हो ।
उक्त जितसँगै आर्मीको क्वाटरफाइनलमा पुग्ने सम्भावना समेत बढेको देखिन्छ । पुरुषतर्फको दोस्रो खेलमा समुह बी मा रहेको एपीएफले शुक्रवार नै बुलबुले रारा क्लबसँग खेल्नेछ ।
पहिलो खेलमा नै २ अंक जोडेको आर्मीले आरजी ग्रुपलाई २५-९ २५-१६ तथा २५-९ ले पराजित गरेको थियो ।
त्यस्तै पुरुषतर्फको खेलमा ११ टिमको सहभागिता रहेको छ । त्यस्तै सहभागी टोलीलाई विभिन्न ४ समुहमा विभाजन गरिएको छ । उक्त ४ समुहको शीर्ष टोली क्वाटरफाइनलमा स्थान बनाउनेछन् । भने महिलातर्फ आज न्यू डायमण्ड क्लव तथा नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया