ट्याक्टरले किच्दा बालकको घटनास्थल मृत्यु

सुनसरी । सुनसरीमा ट्याक्टरले किच्दा एक बालकको घटनास्थलमै ज्यान गएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुतली टोलका डिकबहादुर थापाका ६ वर्षीय छोरा आयुष थापाको ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोहि स्थानको रामबहादुर दुलालको घरमा रहेको को२त ९६०७ नम्बरको ट्याक्टर ब्याक गरेर बाटोमा निकाल्ने क्रममा बालकलाई ट्याक्टरले किचेको र उनको घटना स्थलमै ज्यान भएको प्रहरीले जनाएको छ ।

चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएरको प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?