श्रीमानले श्रीमतीसँग युद्ध गर्न अदालतका वकिलसँग तरवार मागेपछि…

काठमाडौं । जब सम्बन्ध बिच्छेदको कुरा आउँछ तब मानिसहरुको मन मस्तिष्क नै सुस्त हुन्छ । कुनै घटनाहरु त अदालतसम्म पुग्छन् ।

यस्तै केहि घटनाहरु तपाईले पनि पढ्नु र सुन्नु भएको होला । अमेरिकाको कान्सासमा एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

डेविड आस्ट्रोम नामक एक पुरुषले सम्बन्ध बिच्छेदको घटना समाधान गर्नका लागि कोर्टमा आफ्नी श्रीमतीसँग तरवारले युद्ध गर्न अनुमती मागेका छन् ।

रिपोर्टको अनुसार डेविड अमेरिकाको कान्सासमा बस्ने गर्छन् । डेविटले पूर्वपत्नी ब्रिजेट आस्ट्रोमसँग भईरहेको सम्बन्ध बिच्छेदको मामलामा अदालतसँग जापानी तरवारले युद्ध गर्न अनुमति मागेका हुन् ।

उनले भने मेरी पूर्व पत्नी ब्रिजेटले मलाई कानूनीरुपमा खत्तम गरिसकेकी छिन् त्यसैले म जापानी तरवारले उनीसँग युद्ध गर्न चाहान्छु ।

डेविडले भने “ब्रिजेटका वकिल मेथ्यु हडसनले मेरो साथमा एकदमै नराम्रो व्यवहार गरेका छन्, त्यसैले म एकदमै निराश छु । त्यसैले मलाई पत्नीसित सम्बन्ध बिच्छेद गर्नको लागि तरवार युद्ध गर्न दिइयोस् ।”

साथै डेविडले युद्ध गर्न र तरवार खोज्नका लागि १२ हप्ताको समय मागेका छन् । ब्रिजेटले यदि युद्ध गर्न चाहेमा आफ्नो वकिल र मन लागेको ठाउँ छान्न सक्ने डेविडले बताए ।

डेविडले संयुक्त राष्ट्रको कानूनमा स्पष्टरुपमा यदि कोहि युद्ध गरेर सम्बन्ध बिच्छेद गर्न चाहान्छ भने त्यसलाई प्रतिबन्ध लगाउँन नपाईने नियम रहेको बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?