एकै वर्षमा दुईपटक गर्भवती बनिन् यी महिला !

काठमाडौं ।  मेडिकल साइन्सका अनुसार महिलाहरु वर्षमा एक पटक मात्रै गर्भवती बन्न सक्छन् । एक गर्भवती महिलाको पेटको बच्चालाई विकसित हुन नौ महिनाको समय लाग्छ । तर फ्लोरिडाकी एक महिला एक वर्षमा दुई पटक गर्भवती भएकी छन् ।

अनौठोको कुरा त के छ भने उक्त महिलाले वर्षमा दुई पटक गर्भवती बन्दा दुई पटक नै जुम्ल्याहा बच्चा जन्माइन् । उक्त महिलाको नाम एलेक्स जेन्ड्रिआ हो ।

उनका चारवटै बच्चा अहिले स्वस्थ छन् । उनकी हजुरआमाले पनि दुई पटक नै जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । उनले भनिन् मलाई हजुरआमाले जुम्ल्याहा बच्चा गिफ्ट दिनुएको जस्तो लागेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?