नविल बैंकको थप २३ नयाँ शाखा सञ्चालनमा

काठमाडौं । आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा नविल बैंक लिमिटेडले थप शाखा सञ्जाल विस्तार गरेको छ । आम मानिसहरुलाई सेवा दिनका लागि दुर्गम तथा ग्रामीण ग्रामीण भेगमा समेत उपस्थितीलाई दरिलो बनाउने उदेश्यले पछिल्लो समय थप २३ स्थानमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले प्रदेश नं १, २, ३, ४ तथा ५ का विभिन्न ठाँउहरुमा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले प्रदेश नं १ को बिराटचोक, दुहवी, हिले, उर्लाबारी, गाईघाट र इनरुवा मा नयाँ शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रदेश नं २ को गोलबजार, सिराहा, चन्द्रपुर तथा मिर्चैया लगायतका ठाँउहरुमा शाखा सञ्चालन गरेको छ ।

भने प्रदेश नं ३ को हात्तिगौडा, गजुरी, कपन, कमलविनायक, बनेपा , पर्सा तथा पनौतीमा शाखा सञ्चालन गरेको हो ।

प्रदेश नं ४ को कावासोती, गैँडाकोट तथा दलदले लगायतका ठाँउहरुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

साथै प्रदेश नं ५ को बर्दाघाट, चन्द्रौटा, तथा मणिग्राम लगायतका ठाँउहरुमा गरि देशभरी २३ नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

नविल बैंकको हाल देशभरि १०२ वटा शाखा सञ्चालनमा रहेको छ । भने त्यस्तै १४३ एटीएम साथै १५ सय भन्दा बढि नविल रेमिट एजेन्टहरु समेत रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?