दोश्रो विश्वयुद्ध बेलाका बम भएको थाहापाएपछि मानिसहरुको भागाभाग

काठमाडौं । दोश्रो विश्वयुद्ध भएको ७५ वर्ष भईसकेको छ । जर्मनीको भूमीमा अझैपनि त्यसबेलाका बमहरु छन् । हिजोमात्र जर्मनीको भूमीबाट जमिनमा रहेका चार बमहरु निकालिएको छ ।

तिनीहरुको तौल २ सय ५० किलो रहेको छ । स्थानीयहरुले उक्त जमिनमा बम रहेको थाहा पाउँनासाथ त्यहाँबाट आफ्नो घर छोडेर भागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले बताएका छन् ।

जर्मनीको डर्टमुन्ड शहरमा जमिन भित्र चार वटा बम फेला पारिएको हो । बम भएको सूचना पाउँनासाथ त्यहाँ पुगेको सुरक्षा एजेन्सीले बम निकालेर निष्क्रिय गरेका छन् ।

बमको खबर सुन्नासाथ मानिसहरु सडकमा जम्मा भएर केहि किलोमिटर लामो लाईन बनेको थियो । (सन् १९४० -सन् १०४५) सम्म भएको दोश्रो विश्वयुद्धका बमहरु जर्मनीमा पछिल्लो समय धेरै फेला परिरहेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?