बढ्यो सुन चाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ७४ हजार ७ सय रहेको थियो । भने आज तोलामा १ सयले बृद्धि भइ प्रतितोला सुन ७४ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ७४ हजार ५ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा ५ रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ चाँदीको प्रतितोला मूल्य ८ सय ९० रहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?