यी हुन् कांग्रेसबाट राष्ट्रियसभा चुनाव लड्ने उम्मेदवार

काठमाडौँ, १० माघ- कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ बाहेक बाँकी सबै प्रदेशका उम्मेदवारको टुंगो लगाएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार राति अबेर सकिएको कांग्रेस शीर्ष नेताहरूको बैठकले उम्मेदवारको टुंगो लगाएको होप्रदेश २ मा भने फोरम-राजपासँग चुनावी तालमेल गर्ने सहमति भए पनि क्लस्टरको टुंगो नलागेकाले उम्मेदवार चयन हुन नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। प्रदेश ७ को सोमबार नै उम्मेदवार चयन गरेको थियोप्रवक्ता शर्माले आकांक्षी धेरै भएकाले सहमति खोज्दा ढिलाइ भएको बताए। गुटगत आधारमा भागबन्डा खोजिएकाले उम्मेदवार चयन सकसपूर्ण भएको बैठकमा सहभागी एक नेताले बताएकांग्रेस नेता एनपी साउदले सर्वसम्मत उम्मेदवार चयन गर्न खोजिएकाले समय लागेको जनाए।प्रत्येक प्रदेशबाट आठ÷आठ जना उम्मेदवार तय गर्नुपर्नेमा कांग्रेसले चार÷चार जना मात्र उठाएको छ। खुला तीन, महिला तीन, दलित एक र अपांग वा अल्पसंख्यकबाट एक जना गरी आठ जना उम्मेदवार हुने व्यवस्था छ। कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजितलाई राष्ट्रियसभामा उम्मेदवार बनाएको छैनप्रदेश ४ बाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जितबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांग) को नाम टुंगो लागेको छ। यस्तै, प्रदेश ५ बाट दुर्गाप्रसाद उपाध्याय (खुला) अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकि, (दलित) र लुटबहादुर खत्री (अपांग) उम्मेदवार बनेका छन्। प्रदेश ६ बाट उम्मेदवार बन्नेमा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित) र गोपालप्रसाद शर्मा (अपांग) छन् भने बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), शेरिराम पार्की (दलित) र छत्रराज जोशी (अपांग) प्रदेश ७ बाट राष्ट्रियसभाका लागि उम्मेदवार चयन भएका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?