के फागुनमा विवाह गर्दैछिन् प्रियंका ? थाइल्याण्डमा गरिन् ब्याचलर पार्टी

काठमाडौं । विवाह गर्नुभन्दा अगाडि ब्याचलर पार्टीको आयोजना गरिन्छ । विशेषगरि, वैवाहिक जीवनमा बाँधिन लागेका वरवधुलाई उनीहरुका साथीले ब्याचलर पार्टी दिने गर्छन् ।

केहि समय अगाडि अभिनेत्री ऋचा शर्माको ब्याचलर पार्टीको पनि धेरै चर्चा भएको थियो । अहिले अभिनेत्री प्रियंका कार्की पनि ब्याचलर पार्टीका लागि भन्दै थाइल्याण्ड उडेकी छिन् । आफ्ना केही साथीहरुसँग प्रियंका ब्याचलर पार्टी मनाउन भन्दै थाइल्याण्ड उडेकी हुन् ।

प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा उनीहरु रमाइलो मुडमा देखिएका छन् । थाइल्याण्ड उड्नु अगाडि प्रियंकाले-‘कसको ब्याचलर पार्टी हुँदैछ, पत्ता लगाउनुहोस्’ भन्दै आफ्ना फ्यानलाई सामाजिक सञ्जालको माध्यामबाट कौतुहलता पैदा गरेकी थिइन् ।

अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएको लामै समय बितिसकेपनि पनि विवाह नभएपछि प्रियंका र आयुष्मानको बिषयमा बिभिन्न चर्चा चलिरहेको छ । कतै, उनीहरुको विवाह नै हुँदैन कि भन्ने प्रश्नहरु पनि उठिरहेका छन्।

केही समय अगाडि अभिनेत्री प्रियंका कार्कीले आफूले यो बर्ष विवाह नगर्ने बताएकी थिइन् । तर अहिले उनी ब्याचलर पार्टी भन्दै साथीहरुको साथमा थाइल्याण्ड उडेपछि आयुष्मान र उनको विवाह फागुनमा हुन लागेको चर्चा समेत चल्न थालेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?