गगन अयडीकैलाली, ९ माघ -बाजुराको कैलाशमाण्डुमा एक व्यक्तिले मन्दीर भित्रै झुण्डीएर आत्महत्या गरेका छन् त्रिवेणी नगरपालिका — ७ मा कैलाशमाण्डुको डाडाँकमा रहेको आफ्नै आस्थाले बनाएको मन्दीरमा देव गिरीले मंगलबार बिहान मन्दीर भित्रै झुण्डीएको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए स्थानीयले उनले हिजो राती नौ बजेतिर आफ्ना गोठमा बाधेको पशु चौपायालाई आगो लगाएर मारेका थिए । एक्लै बस्ती आएका उनले आफ्नो मृत्यु निश्चत भन्दै घरपरिवार र आफन्तलाई समेत फोन सम्पर्क गरेका थिए पछि उनका काठमाडौंमा रहेका जेठा छोराले प्रहरी कार्यालयमा फोन गरेर जानकारी दिएका थिए प्रहरी टोली पुग्दा उनी आफैले बनाएको मन्दीर भित्रै झुण्डीएको अबस्थामा फेला पारेको रानाभाटले बताए । अहिले उनको शवलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ गिरी २०७० सालको निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वार बनेका थिए भने अहिले उनी सन्यासी रुप धारण गरी एक्लै बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया