दीपिका पादुकोणबारे जान्नैपर्ने कुरा

काठमाडौं । चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोणको बारेमा हामी सबैलाई थाहा नै छ । उनले अभिनय गरेका चलचित्रहरु दर्शकहरुको मनमा टाँसिएर बसेक छन् ।

भर्खरै मात्र पनि उनी अभिनित चलचित्र छपाक हलमा प्रदर्शन भईरहेको छ । तर तिनै चर्चित बलिउड अभिनेत्रीले कति सम्मको शिक्षा लिएकी छिन् भन्ने बारे हामी कमैलाई मात्र थाहा होला ।

दीपिकाको जन्म ५ जनवरी सन् १९८६ मा डेनमार्कको कोपेनहेगगनमा भएको थियो । उनका पिताको प्रकाश पादुकोण हो । उनका पिता ब्याटमिन्टनमा विश्व च्याम्पियन पनि बनिसकेका छन् ।

दीपिका पनि राष्ट्रिय स्तरकी ब्याटमिन्टन खेलाडि हुन् । उनकी माता उज्जवला ट्राभल एजेन्स तथा बहिनी अनिशा गल्फकी खेलडी हुन् । सन् १९८७ मा उनको पुरा परिवार ब्याग्लोरमा सिफ्ट भएको थियो । त्यो बेला दीपिका मात्र एक वर्षकी थिइन् ।

दीपिकाले ब्यांग्लोरको सोफिया हाई स्कुलमा कक्षा १० सम्म्को अध्यन गरेकी थिइन् । साथै माउन्ट कारमेल कलेज बेंगलोरमा उनले १२ सम्मको अध्ययन पुरा गरेकी थिइन् ।

उनले इन्दिरा गान्धी राष्ट्रिय मुक्त विश्वविद्यालयबाट समाजशास्त्रमा कला स्नातक डिग्रीका लागि भर्ना रेकी थिइन् । तर उनले मोडलिङका कारण शिक्षा पुरा गर्न सकिनन् ।

आज दीपिका बलिउडमा सबैभन्दा धेरै पारिश्रमकि लिने अभिनेत्री हुन् । दीपिकाले आफ्नो मोडलिङको शुरुवात बचपनदेखि नै गरेकी थिइन् ।

उनले पहिलो पटक विज्ञापनमा खेल्दा उनको उमेर जम्मा ८ वर्षको थियो । उनी जब १० कक्षामा पढ्थिन त्यो बेलादेखि नै उनलाई मोडल बन्छु भन्ने लागेको उनले भारतीय सञ्चारमाध्याहरुसँगको अन्तर्वातामा भनेकी थिइन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?