आज कुन कुन राशिको भाग्य चम्किदैँछ ? हेनुहोस्

काठमाडौं । आज मिति २०७६ साल माघ महिनाको ३ गते शुक्रबार । तदनुसार इस्वी संवत २०२० जनवरी १७ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । उत्तरायन । हेमन्त ऋतु । नेपाल संवत ११४० पोहेलागा । माघ कृष्णपक्ष । तिथी–सप्तमी,११ बजेर ०९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– चित्रा,२८ बजेर ४८ मिनेट उप्रान्त स्वाती । योग– सुकर्मा,१८ बजेर ५७ मिनेट उप्रान्त धृति । करण– बव,११ बजेर ०९ मिनेट उप्रान्त बालव,२२ बजेर ०१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मुसल योग । चन्द्रराशि–कन्या,१७ बजेर ३४ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेटमा, सूर्यास्त १७ बजेर ३० मिनेटमा । दिनमान २६ घडी २१ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) ः अरुको सहयोग पाइने तथा आफन्तको विश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद, प्रतिस्पर्धामा तपाईको जित निश्चित रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहसिलो काम गरेर लाभ लिन सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ः अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ, भने अध्ययनकै सवालमा लामो दूरीको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापामा सहयोग गर्ने हुनाले मनग्ये धन आर्जन गर्न सकिनेछ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) ः आफ्नै भन्नेहरुले आश्वासन बाड्ने तथा समयमा काम नगर्दिनाले समस्या पैदा हुनेछ । मन परेको मानिससँग टाढिनु पर्दा मन मुटुमा जलन पैदा हुनेछ । घरजग्गा तथा सवारी साधनको विषयमा विवाद गर्नुपर्ला । राजनीति तथा समाजसेवामा जनताको समर्थनभन्दा आलोचनानै धेरै हुनेछ । पाईरहेको पद गुम्ने खतरा रहेको छ, ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकोले अध्ययनमा राम्रो प्रगती हुने तथा उपहार प्राप्तीको योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ः आँट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय फलदायी रहेको छ । साँझपख समय मध्यम रहेकोले सामाजिक काम गर्दा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ः अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । व्यापार व्यवसायबाट मनग्ये धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्ये धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ः समय मध्यम रहेकोले व्यापार व्यवसायमा तत्काल लगानी नबढाउँनुनै उत्तम हुनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना सहनु पर्नेछ । घर परिवार तथा आफन्तसँग सैद्धान्तिक राज बाजिनेछ । टेक्निकल सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकोले व्यापारमा वृद्धि भई आम्दानी बढ्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) ः खर्च बढेपनि लामो दूरीको यात्राको तय हुनेछ । विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहेको छ । न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ, ध्यान दिनुहोला । अग्रज तथा आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ । अध्ययनमा मन नजाँदा अरुभन्दा पछि परिनेछ । प्रेममा धोका तथा अविश्वास सिर्जना हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) ः अध्ययन तथा अनुसन्धानमा ध्यान केन्द्रित हुँदा उत्कृष्ट नजिता हात पार्न सकिनेछ । प्रविधिको उच्चतम् प्रयोग गरी रचानात्मक कार्य गर्न सकिनेछ । पैत्रिक धनको प्रयोग मार्फत् व्यवसाय गरी रोजगारीको अवसर सिर्जना गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । साँझपख यात्रा गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ः उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनाले पद प्राप्तीको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाईकै सवालमा लामो दूरीको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानीबाट सुरु गरिएको लगानी फस्टाएर जाने तथा मनग्ये फाइदा कमाउँन सकिनेछ । माया प्रेमको डोरी कसिलो भएर जानेछ । धर्म संस्कृति तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः व्यापारमा लगानी गरेपनि तत्काल फाइदा हुनेछैन । आफ्नो काममा भन्दापनि अरुकै काममा समय व्यतित हुनेछ । महत्वकांक्षी योजनाहरु पुरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । साँझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दूरीको यात्रा हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः व्यापारमा लगानी गरि मनग्ये धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट मनग्ये धन कमाउँन सकिनेछ । व्यापारकै सिलसिलामा लामो दूरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा विलासी सामान उपहारको रुपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् । मायाप्रेमको डोरी कसिलो भएर जानेछ । साँझपख भेटघाटमा कम समय दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?