सावधान ! यी खानेकुरा एकसाथ नखानुस्

आयुर्वेदले यसो भन्छ

१. घ्यू र मह समान भागमा नखानु, यसले मिर्गौला, कलेजो र हृदयमा आघात पु-याउँछ ।

२. महलाई तातो भोजन संयोजनमा नमिलाउनु साथै महलाई नतताउनु । महलाई हल्का रूपमा तताउनाले पनि त्यसमा भएका अत्यावश्यक जीवनदायी अमृततत्व नाश भएर जान्छन् । साथै अमृत तत्वको विपरीत विषाक्त तत्व विकास भएर आउँछ ।

३. मह, दही, रक्सी र भलायोको साथमा गरम आहारको सेवन मनाहीगरिएको छ ।

४. मह र कमलवीज एकसाथ नखानु तर औषधिको रूपमा कुनै योगमा अत्यन्त मात्रामा प्रयोग गरेको खण्डमा हानी गर्दैन ।

५. खीर र खिचडी एकै पटक नखानु ।

६. खीर, दूधका अन्य परिकारको साथमा मासु खान हुँदैन । माछा, मासु र दूध संयोग विरुद्ध हुन्छ ।

७. दूध र दही एकै पटक नखानु वा दूध दही मिलाएर नखानु ।

८. भूइँकटहर र जामुन जस्ता फलफुलको साथमा दूध नपिउनु तर अन्य गुलियो फलफूलको साथमा दूध स्वस्थ्यकर र लाभदायक हुन्छ ।

९. कोदो, मुङ, मास, गहत, जस्ता अन्नको साथमा दूध नपिउनु ।

१०. मूला, धनिया, लसुनको साथमा दूध नपिउनु । मूला र दूधको लामो समयसम्म प्रयोगले विभिन्न प्रकारका रोग तथा कुष्ठ रोग उत्पन्न हुन सक्छ ।

११. नुन, तेल, सुकाएको साग र वर्षाको पानीको साथमा दूध र दूधबाट बनेको परिकार सेवन गर्नु हुँदैन ।

१२. तुलसी र अंकोल (शीतल चिनी) को साथमा दूध लामो समयसम्म प्रयोग गर्नाले छालाको रोग हुन्छ ।

१३. शारीरिक परिश्रमपश्चात तत्काल भोजन वा दूध पिउनु हानिकारक हुन्छ ।

१४. खीर खाइसकेपछि तत्काल वा खीर खाएको ४ घण्टा नबित्दै पानीमा सातु घोलेर पिउनाले विरुद्ध हुन्छ किनभने यसले कफलाई अत्यन्त दुषित गर्दछ ।

१५. काँचो केराको तरकारी र दही प्रयोग गर्नुहुँदैन । यस्ता आहारको संयोजनले तत्काल वा केही समयपछि वमन हुने सम्भावना अत्यधिक हुन्छ ।

१६. काँचो सागपात, काँचो चनाको दाल वा चना खाइसकेपछि तत्काल दूध वा पानी पिउनाले पाचन प्रणालीमा असर पैदा हुन्छ ।
१७. बाल्यकालदेखि भेंडाको दूध नखाई ठूलो भैसकेपछि मात्र भेंडाको दूध, घ्यू, खानाले हृदयरोग हुने सम्भावना अधिक हुन्छ ।

१८. कुखुराको मासु र दही एकसाथ खानु हुँदैन ।

१९. बडहरको पाकेको फलको साथमा दही, मासको दाल, घ्यू, मह र सख्खर विरुद्ध हुन्छ । कतिपय अवस्थामा मृत्यु पनि हुन सक्दछ ।

२०. सुँगुर, बङ्गुर र माछा जस्ता प्राणीहरूको मासूसँग मह, गुँड, तिल, दूध, मूला, मास र अङ्कुरित अन्न विरुद्ध हुन्छ ।

२१. माछासँग दूध विरुद्ध हुन्छ । किनभने दूध शीतवीर्य हुन्छ र माछा उष्णवीर्य हुन्छ । यसकारण वीर्यमा परस्पर विरुद्ध भएको कारणले हानी गर्दछ ।

२२. मूलाको सागमा मख्खन मिलाएर खानु हुँदैन । सकेसम्म नौनी सबै प्रकारको अमिलो पेय एवम् ठोस भोजनको साथमा वा त्यस्ता भोजनहरू खाएको ३ घण्टाभन्दा पहिले दूध वा दूधबाट बनेका परिकारहरू खानु विरुद्ध हुन्छ । दूधको साथमा हल्का अम्ल फलफूल पनि नखानु राम्रो हुन्छ । परस्पर रस विरोधी भएको कारणले विरुद्ध हुन्छ ।

२४. कमलको मूलको तरकारीको साथमा दूध र मह खानु परस्पर विरोधी हुन्छ । कमलको जरा वा रस मिलाएर बनाएका औषधिहरू महमा चाटनाले वा दूधसँग पिउनाले हानी गर्दैन ।

२५. तोरीको तेलमा पकाईएको परेवाको मासुको साथमा दूध र महको संयोग विरुद्ध हुन्छ ।

२६. परेवाको मासु र प्याज एकै भोजनमा मिलाएर खानु हुँदैन ।

२७. परेको मासु र तेल संयोग विरुद्ध हुन्छ अतः परेवाको मासु तेलमा पकाउनु हुँदैन ।

२८. मासको दाल र मासका अन्य परिकारको साथमा सख्खर खानुहुँदैन ।

२९. तामा, पित्तल र काँस्यको भाँडोमा घ्यू राख्नुहुँदैन । यदि यसमा दश दिन वा सोभन्दा अधिक समयसम्म घ्यू राखियो भने विषाक्त प्रभाव उत्पन्न गर्दछ ।

३०. पाकेको रुख कटहर खाएको दश घण्टासम्म पान, सूर्ति तथा अन्य चूना मिसिएको खानेकुरा खानु हुँदैन । पेटभरी पाकेको कटहर खाई तत्काल चूना खानाले मानिसको तुरुन्त मृत्यु हुन्छ ।

३१. खाली पेटमा आँप खानु हुँदैन ।

३२. वकुल्लाको मासु सुँगुरको बोसोमा पकाएर वा एकसाथ प्रयोग गर्नुहुँदैन ।

३३. चिल्लो आहार सेवनपछि पानी पिउनाले श्वासनलीमा अवरोध उत्पन्न गर्दछ । तर तातो पानी सेवन लाभदायक हुन्छ ।

३४. माछा तथा सुँगुरको मासु सस्र्यूं एवम् तोरीको तेलमा तारेर खानुहुँदैन ।

३५. सुँगुरको मासु र बयर एकसाथ खानुहुँदैन ।

३६. पोइको सागसँगमा द्राक्षा प्रयोग गर्नुहुँदैन ।

३७. काकामाचीको फल एवम् सागको साथमा पिप्पली, मह, मरीच, सख्खर खानु विरुद्ध हुन्छ ।

३८. तित्रा, मयूर र कपिञ्जल नामक प्राणीको मासु एरण्डको तेलमा पकाउनु वा एरण्डको दाउराले आगो बाली पकाएमा परस्पर विरोधी भएर अत्यन्त हानी गर्दछ वा सो भोजन सेवनले तत्काल मृत्यु हुन्छ ।

३९. तीन महिना नपुगेको अन्न र एक वर्ष पूरानो अन्न एकै ठाउँमा मिलाएर पकाएको आहार कल्पना हानिकारक हुन्छ ।

४०. दूध र सतुवा एकसाथमा खानु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?