भक्तपुरमा आगलागी

भक्तपुर, ९ माघ- मध्यपुर थिमि–५ राधेराधे चोकमा आज साँझ भएको आगलागीबाट रु १० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ स्थानीय नवराज कसपालको चारतल्ले घरको भूइँतलामा सिन्धुलीका प्रेमबहादुर बस्यालले सञ्चालन गरिरहेको साथीभाई खाजा घरमा विद्युत् चुहावर्ट भई आगलागी हुँदा रु १० लाखबराबरको धनमाल जलेर नष्ट भएको हो नेपाल प्रहरी, जुद्ध वारुणयन्त्र र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?