वर्षमा १३ महिना हुने देश, अहिले चल्दैछ २०१३

काठमाडौं । अहिले धेरैजसो देशहरुले नयाँ वर्ष २०२० मनाईसकेको छ । तर संसारमा एउटा यस्तो देश छ जहाका मानिसहरु अहिले २०१३ मनाईरहेका छन् ।

यति मात्रै होइन त्यो देशमा १ वर्ष १२ महिनाको नभएर १३ महिनाको हुने गर्छ । यो देशको नाम हो इथियोपिया । इथियोपियाको राजधानी अदीस अबाबा हो ।

इथियोपिया अफ्रिका महादेशको सबैभन्दा पुरानो र स्वतन्त्र देश हो । साथै अर्मेनिया पछिको विश्वकै दोश्रो सबैभन्दा पुरानो आधिकारिक ईसाई राष्ट्र हो ।

वल्र्डाेमीटर्स इलेबोरेशन अफ लेटेस्ट युनाइटेड नेसन्सको आँकडा अनुसार इथियोपियाकमा वर्तमान जनसंख्या ११ करोड ४० लाख रहेको छ ।

इथियोपिया पुर्वोत्तर अफ्रीका क्षेत्रमा पर्छ । जसलाई हर्न अफ अफ्रीकाको रुपमा पनि चिन्ने गरिन्छ । यो देश अफ्रीका महादेशको नाइजेरिया पछि सबैभन्दा धेरै जनसंख्या भएको देश हो । यसको उत्तरमा इरिट्रया उत्तर पूर्वमा जिबुती,पूर्वमा सोमालिया, दक्षिणमा केन्या र पश्चिममा सूडान रहेको छ ।

इथियोपियाको आधिकारिक भाषा अम्हारिका हो । तर अंग्रेजी, इटाली, फ्रेन्च र अरबी भाषा पनि अत्याधिक बोल्ने भाषामा पर्छन् । ठूला शहर तथा केहि गाउँहरुमा स्वदेशी भाषा बोल्ने गरिन्छ । यो देशको सबैभन्दा ठूला शहर भनेको ओरोमिन्या र तिग्रीन्या रहेको छ ।

इथियोपियाको राजधानी अदीस अबाबा अफ्रीका महादेशकै सबैभन्दा ठूलो शपिङ्ग सेन्टर तथा ब्यापारिक केन्द्र मध्यमा एक हो । विश्वमा सबैभन्दा पहिला जूलियन क्यालेन्डरको प्रयोग हुन्थ्यो । तर सन् १५८२ मा गेग्रोरियन क्यालेन्डरको शुरुवात भएको थियो ।

लगभग सबैले नयाँ क्यालेन्डर अपनाए तर इथियोपिया सहित केहि देशले भने यसको विरोध गरिरहेका थिए । इथियोपियामा अहिले इथियोपियामा इथियोपियन क्यालेन्डरको प्रयोग गरिन्छ ।

यो देशले कहिलेपनि जुलियन तथा गेग्रोरियन क्यालेन्डर अपनाएन । इथियोपियाको एक वर्षमा १३ महिना हुन्छन् । इथियोपियाको नयाँ वर्ष १० वा ११ सेप्टेम्वरमा सुरु हुन्छ ।

१३ महिनामा १२ महिना ३० दिनका हुन्छन् तर १३ औँ महिना भने ५ तथा ६ दिनमात्र हुने गर्छ । जसलाई पाग्युमे भनिन्छ । वर्षमा जुन दिनको गिन्ती हुँदैन त्यो दिनहरुलाई गनेर १३ औँ महिना हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?