लिग वान फुटबल : पीएसजीको शानदार जित

काठमाडौं । लिग वान फुटबलमा मोनाकोमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीका लागि केलियन एम्बाप्पले दुई, नेयमार र पाब्लो सर्बियाले समान एक–एक गोल गरे । मोनाकोका तैमौके बकायोकोले एक गोल फर्काए ।

एम्बाप्पेले खेलको २४ औ मिनेटमा गोलगर्दै पीएसजीलाई अग्रता दिलाए । पहिलो हाफको ईन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए । सर्बियाले ७२ औ मिनेटमा पीएसजीको अग्रतालाई ३–० ले अघि बढाए ।

खेल सकिन ३ मिनेट अगाडी घरेलु टोली मोनाकोका बकायोकाले एक गोल फर्काएका थिए । अन्तिम ईन्जुरी समयमा एम्बाप्पेले दोस्रो गोल गर्दै पीएसजीलाई शानदार जित दिलाए ।

जितसंगै पीएसजीले २० खेलबाट ४९ अंक जोडेको छ । हारसँगै मोनाको २९ अंक सहित तालिकाको नवौं स्थानमा छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?