पेस्तोलसहित दुईजना पक्राउ

कैलाली, ९ माघ – कैलाली प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ सोमबार राति उनीहरुलाई गोदावरी नगरपालिका–२ अत्तरियाबाट नलकटुवा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का चेतन कार्की र प्रविन कठायत रहेको उनले जानकारी दिए पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?