काठमाडौं । युभेन्ट्स शानदार जित हात पार्दै कोपा ईटालिया फुटबलमा क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक एक गोल गरे ।
गोन्जालो हिग्युनले १६ औ मिनेटमा गोल गर्दै युभेन्ट्सको अग्रता बढाएका थिए । २६ औ मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत उनैले ब्यक्तिगत दोस्रो गोल गरे । कोस्टाले ६१ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए ।
खेलमा क्रिस्टियानो रोनाल्डो बिरामी परेका कारण उनले खेल गुमाएका थिए ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया