क्षमता विस्तार नहुँदा  दुध संकलन र वितरणमा समस्या

गगन अयडीधनगढी, माग ९ । उत्पादित दुध बजारीकरणका लागि स्थापित धनगढी दुग्ध विकास संस्थान अत्तरियालाई कारखानाको क्षमता विस्तार नहुँदा  दुध संकलन र वितरणमा समस्या भएको छ १ हजार लिटर दुध संकलन गरेर वितरण गर्ने भनेर खोलिएको संस्थाले अहिले सिजनमा ४ हजार लिटर बढी दुध वितरण गरिहेको छ । तर, संस्थानको स्तरोन्नती नहु“दा अहिले दुध संकलन र वितरण गर्न समस्या भएको छ ग्रामिण क्षेत्रबाट दुध संकलन हुन थालेपछि किसानहरु दुध उत्पादनतर्फ आकर्षित भएका बेला धनगढी दुग्ध वितरण आयोजना अत्तरिया भने समस्यामा परेको छ । दुग्ध विकास संस्थान अन्तर्गत अत्तरियामा स्थापना भएको दुग्ध वितरण आयोजनाको स्तरोन्नती हुन नसक्दा दुध संकलनमा समस्या भएको हो २०६७ सालमा एक हजार लिटर दुध संकलन गर्ने भनेर स्थापना भएको संस्थाले अहिले सिजनमा ४ हजार बढी दुध संकलन र वितरण गरिरहेको छ । अहिले संस्थानलाई दुध संकलनका लागि टयांकर पनि अभाव भएको संस्थानका आयोजनाका लेखापाल धर्मानन्द भट्टले बताए अहिले दुग्ध वितरण आयोजनाले वर्षेनि पा“चदेखि साढे पा“च करोड मुल्य बराबरको दुध संकलन गरिरहेको छ । वितरण आयोजनाले कञ्चनपुरको दैजी, बेलौरी, पुर्नवास, भिमबस्ती र कैलालीको टिकापुर, लम्की, चौमला, लालपुर, मसुरिया र सुडा लगायतका क्षेत्रहरुबाट दुध संकलन गर्ने गरेको छ तर, आयोजनाको स्तरोन्नती हुन सकेको भए अझै अन्य ठाउ“बाट पनि दुध संकलन गर्न सकिने अवस्था रहेको लेखापाल भट्टको भनाई छ । धनगढी दुध वितरण आयोजनाले दुधलगायत दुधको प्रशोधनबाट दुधजन्य पदार्थहरु तयार पार्ने गर्दछ । उत्पादिन पदार्थहरुलाई सुदूरपश्चिमका नौ जिल्ला बाहिर पूर्वी पहाडी जिल्लाहरुमासमेत निर्यात गर्ने गरेको छ । उत्पादित दुधले बजार पाउन थालेपछि किसानहरु आकर्षित भएका छन् जसले गर्दा उनीहरुको आर्थिक स्थितिमा पनि सुधार हु“दै गइरहेको छ । संस्थालाई अझ स्तरोन्नति गर्न सकेको भए ग्रामिण क्षेत्रमा उत्पादित दुधले बजार पाउने र किसानहरुको अवस्थामा सुधार आउने आयोजनाका अध्यक्ष भन्दलाल भट्टले बताए ट्यांकर अभाव र कारखानाको स्तरोन्नती हुन नसक्दा दुग्ध वितरण आयोजनाले अहिले दुध संकलन गरिरहेका ठाउ“हरुबाट पनि दुध संकलन गर्न सकिरहेको अवस्था छैन ग्रामिण क्ष्ँेत्रको दुधले बजार पाउने भन्दै किसानहरु दुध उत्पादनमा आकर्षित भइरहेका बेला दुग्ध वितरण आयोजनाको स्तरोन्नती गर्न सकेको भए अझै बढी परिमाणमा दुध संकलन गर्न सकिने अवस्था छ क्षमता विस्तार भएको खण्डमा पहाडी जिल्लाहरुमा उत्पादित दुध पनि संकलन गर्ने लक्ष्य दुग्ध वितरण आयोजनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?