सप्तरी । शिशुको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशुलाई जन्माएर मारेको फालेको आरोपमा २५ वर्षीया महिलालाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
महिलाको नाम भने प्रहरीले खुलाएको छैन । हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले गरेको हो । ती महिलालाई कर्तव्य ज्यान मुद्दाको उजूरी दर्ता गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
रूपनी गाउँपालिका–३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मङ्सिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो । अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया