काठमाडौं, ९ माघ – संघीय बाग्मतीमा कार्यरत नेपाल प्रहरीका असई (सहायक निरिक्षक) सुमितराज सिटौला लागु औषधसहित प्रकाउ परेका छन् । महानगरीय प्रहरी वृत महाराजगञ्जले सिटौलालाई प्रक्राउ गरेको हो डिएसपी योगेन्द्रसिंह थापाले महाराजगञ्जबाट सिटौलालाई प्रक्राउ गरेको र लागु औषध मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ । उनको साथबाट २३ पिस नाइट्रोभ्याट र १ सय दश ग्राम गाँजा बरामद गरिएको जनाइएको छ । असई सिटौला आफैले पनि गाँजा सेवन गर्ने गरेको बताइएको छ तालिमका लागि काठमाडौं आएका असई सिटौलालाई तालिम गर्ने स्थानबाट बाहिर निस्केर गाँजा खाँदै गर्दा पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले पहिलेदेखि नै गाँजा सेवन गर्दै आएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया