बन्द भयो विन्डोज-७

काठमाडौं । विन्डोज-७ अपरेटिङ सिस्टम मंगलबारदेखि बन्द भएको छ । नयाँ प्रविधि अपडेट गर्न कम्पनीले विन्डोज-७ बन्द गरेको हो ।

माइक्रोसफ्टले आफ्ना प्रयोगकर्तालाई जतिसक्दो चाँडो सिस्टम अपग्रेड गर्न आह्वान पनि गरेको छ । करिब दुई वर्षअघि नै कम्पनीले यसबारे जानकारी दिएको थियो।

विन्डोज ७ बन्द भएसँगै प्रयोगकर्ताले कुनै पनि महत्वपूर्ण सेक्युरिटी अपडेट र उपकरण सुरक्षित राख्ने अन्य सुविधाहरू पाउने छैनन् । अहिले पनि विन्डोज प्रयोगकर्ताका एक चौथाइले विन्डोज ७ नै प्रयोग गरिरहेको स्टाटकाउन्टरको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?