एजेन्सी । टोटेनहम हट्सपर एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिडिल्सब्रोलाई २–१ ले हराउँदै टोटेनहम चौथो चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमा जियोवानी लो सेलोले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । लामेलाले १५ औ मिनेटमा गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनाएका थिए ।
जर्ज सैविलले ८३ औ मिनेटमा गोल गर्दै मिडिल्सब्रोलाई खेलमा फर्काउन खोजेका थिए ।
टोटेनहमले चौथो चरणको खेलमा साउथह्याम्टनसंग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया