कुकुर खोज्नेलाई एक लाख पुरस्कार !

काठमाडौं । भारतको बेंगलुरु शहरमा अलास्कन मलामुट ब्रीडको एक फिमेल कुकुर अहिले एकदमै चर्चामा रहेको छ । हनुमन्तनगर पुलिस स्टेशनमा सोमवार एक व्यक्तिले फिमेल कुकुर हराएको रिपोर्ट दर्ता गरेका छन् ।

उक्त फिमेल कुकुरको मूल्य १२ करोड ८० लाख रहेको कुकुर मालिकले बताएका छन् । त्यसैले मालिकले यो कुकुर खोज्न मरिहत्ते गरिरहेको कुरा भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

मालिकले कुकुर खोजिदिनेलाई १ लाख ६० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । चेतन नाम गरेका कुकुर मालिकले लोकल पुलिस स्टेशनमा गएर रिपोर्ट दर्ता गरेका छन् ।

उनका अनुसार दक्षिण बेंगलुरु निवासी सौम्या नमक एक व्यक्तिलाई सम्झौता गरेर पठाएको बेला सौम्यासँगबाट कुकुर हराएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

सौम्यासँग चेतनले कुकुरले बच्चा पाउनासाथ एउटा बच्चा आफूले राखेर अन्य बच्चासहित कुकुर फिर्ता गर्ने सहमति भएको थियो । यो कुकुरको एउटा बच्चाको मूल्य ३ लाख २० हजार पर्ने गर्छ ।

तिलकको घर आसपासका कुकुरहरुसँग पनि सम्बन्ध राखेको थियो तर यो कुरा कसैलाई पनि थाहा नभएको उनले बताएका छन् ।

उनलाई एक अन्जान व्यक्तिले कुकुरको मूल्य सोध्नका लागि फोन समेत गरेका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?