२१ जेष्ठ २०८०, आईतवार

मुलुक अब आर्थिक समृद्धितर्फ अधि बढ्ने : गृहमन्त्री शर्मा

२०७४,भाद्र,३०,शुक्रवार १४:५०

0
Shares

चितवन, ३० भदौ ।गृहमन्त्री जनार्दन शर्माले देश अब आर्थिक समृद्धितर्फ अघि बढ्ने बताएका छन ।ग्रामीण सञ्चार सञ्जाल माडीले आजदेखि माडीको वसन्तपुरमा आयोजना गरेको माडी सांस्कृतिक उत्सव तथा कृषि पर्यटन एवं व्यापार मेला–२०७४ को आज उद्घाटन गर्दै मन्त्री शर्माले स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधि उत्साहित रुपमा आफ्नो क्षेत्रको विकासमा लागेको भन्दै राष्ट्र अब आर्थिक समृद्धितर्फ अघि बढेको बताएका हुन ।विगतमा जनप्रतिनिधि नहुँदा विकास निर्माणका काम प्रभावकारी हुन नसकेको बताउँदै मन्त्री शर्माले अबको विकास जनताको चाहनाअनुसार हुने बताए । २ नं प्रदेशमा हुन लागेको निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न हुने गृहमन्त्री शर्माको भनाइ थियो ।ग्रामीण सञ्चार सञ्जालका अध्यक्ष सूर्य पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकाजी महतो, श्रीप्रसाद दवाडी, सिपी सुवेदी लगायतले बोल्नुभएको थियो । १२० वटा स्टल रहेको उत्सवमा करिब ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । 

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार १४:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१