यी खानेकुरा जसको असरका बारेमा तपाईं हुनुहुन्थ्यो बेखबर…. साइनाइडभन्दा खतरनाक !

खानाको एउटा रोचक पक्ष के हो भने कुनै एउटा समुदाय वा संस्कृति अनुसार विशिष्ट मानिएको खानेकुरा अर्को समुदायमा वर्जित पनि गरिएको हुनसक्छ । यसरी कुनै खानेकुरालाई वर्जित नै गर्नुको कारण चाहिँ यिनीहरुले मानव शरीर र मस्तिष्कमा पार्नसक्ने असर भएको अधिकांश अनुसन्धानकर्ताहरुको अनुमान छ ।
विश्वका विभिन्न विश्व विद्यालयहरुमा खानालाई लिएर अनुसन्धानहरु हुने गरेका छन् ।

पछिल्ला केही वर्षमा भएका खानेकुरा सम्बन्धिका अनुसन्धानले यस्ता केही खानेकुरा पत्ता लगाएको छ जसको सेवनले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ र कतिपय अवस्थामा त ज्यान पनि लिन सक्छ ।

पफर माछा

मांसाहारीहरुका लागि अत्यन्तै महत्त्वपूर्ण खाना हो, माछा । माछाबाट हामीले भरपूर प्रोटिन पाउ सक्छौं । तर, माछा विभिन्न प्रकारका हुन्छन् । जसमध्ये पफर माछा यस्तो खतरनाक हुन्छ कि यसलाई साइनाइड भन्दा पनि शक्तिशाली मानिन्छ । यस माछामा टेट्रोडोटक्सिन नामक विष हुन्छ जुन शरीरमा अत्यन्तै चाँडो फैलिन्छ ।

यति जोखिमपूर्ण हुँदाहुँदै पनि यस माछाबाट बनेको फुगु नामक परिकार जापानमा अत्यन्तै प्रचलित छ । यस परिकारलाई सुपसँग खाइन्छ । तर, यो परिकार बनाउन कैयौं वर्षको सिकाइ र अनुभवको आवश्यकता पर्दछ ।
यस माछाबाट कुनै परिकार बनाउनुअघि यसको अत्यन्तै विषालु अंगहरु ः दिमाग, आँखा, छाला, अंडाशय, कलेजो आदि हटाइन्छ ।

कासू–मारजू चीज

यो चीज इटालीमा निकै प्रचलित छ । यसलाई बनाउँदा उड्ने कीराको लार्भाको प्रयोग गरिन्छ । लार्भा हालेको केही समयमा नै तिनीहरुले चीजलाई यति मूलायम बनाइदिन्छन् कि बीचको भाग क्रिमजस्तै बन्छ ।

खासमा यस चीजलाई स्वादिष्ट बनाउनमा पनि तिनै कीराहरुले भूमिका खेलेका हुन्छन् ।

तर, यो चीज खान त्यति सजिलो चाहिँ छैन । कीराहरुलाई छान्दै खानुपर्ने हुन्छ ।

यी कीराहरु निकै खतरनाक पनि मानिन्छन् किनकी यदि यी कीराहरु चीजमा मृत भेटिए भने त्यो चीज खान लायक हुँदैन । बिग्रिसकेको हुन्छ । र, त्यस्तो चीज सेवन गर्दा उल्टी हुने, झाडापखाला लाग्ने, पेट खराब हुने सम्भावना हुन्छ ।

Acer Image

रातो सिमी र भटमास

गेडागुडीलाई स्वास्थ्यको दृष्टिकोणबाट निकै लाभदायी मानिन्छ । तर, कुनै गेडागुडी स्वास्थ्यका लागि हानिकारक पनि हुन्छ । जस्तै रातो सिमी र भटमास ।
यी दुवैमा प्रचुर मात्रामा प्रोटिन, भिटामिन, फाइबर, मिनेरल्स हुन्छन् तर, यसमा एउटा भिन्न किसिमको फ्याट हुन्छ जसलाई पचाउन निकै मुस्किल पर्छ । यसलाई पचाउन नसक्दा पेटको समस्या देखा पर्नसक्छ । त्यसैले यसको सेवन गर्नुअघि १२ घण्टासम्म भिजाएर राख्नुपर्छ ।

जाइफल

यो प्रसिद्ध मसला इंडोनेशियामा पाइने रुखमा फल्छ । यसलाई केही बिस्कुट, पेयपदार्थ बनाउन प्रयोग गरिनुका साथै सब्जी तथा माछामासु पकाउँदा पनि प्रयोग गरिन्छ ।
यसको अधिक सेवनले विभिन्न स्वास्थ्यसम्बन्धि समस्याहरु निम्त्याउन सक्छ जस्तै उत्तेजित हुने, दुखाइ, सास फेर्न गाह्रो हुने र मानसिक समस्या आदि ।

बदाम

बदामलाई हामी निकै स्वस्थ्य खानाका रुपमा हेर्छौं विशेष गरेर हाम्रो मस्तिष्कको लागि । तर, बदाम दुई प्रकारको हुन्छ ः मीठो र तीतो । तीतो बदाममा अत्याधिक मात्रामा हाइड्रोजन साइनाइड हुन्छ । ७ देखि १० वटासम्म काँचो बदाम खाने हो भने वयस्कलाई स्वास्थ्यमा समस्या हुनसक्छ र बालबालिकाको लागि त प्राण घातक नै मानिन्छ ।

टुना

टुनामा अत्याधिक मात्रामा मर्करी हुन्छ । यसको सेवनपछि कि त्यो मर्करी हाम्रो मृगौलाबाट ‘पास’ भएर जान्छ कि त सिधै दिमागमा हान्छ । एफडिएले बालबालिका र गर्भवती महिलालाई टुना नखाने सल्लाह दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?