ए डिभिजन लिग : संकटासँग आर्मीको बराबरी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा सिमित बनेको आर्मीले संकटासँग अंक बाडेको हो ।

खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा आर्मी १० खेलाडीमा समेटियो । युद्ध शाही दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिदा आर्मी १० खेलाडीमा समेटिएको थियो ।

आर्मीले खेलको ५५ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई हारबाट जोगाए ।

बराबरीसँगै आर्मीले ६ खेलमा १३ अंक जोडेको छ । संकटाले ६ खेलमा ८ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?