नेपालका लागि भारतीय राजदूतमा विनय मोहन नियुक्त

काठमाडौं । भारतले नेपालका लागि भारतीय राजदुतमा विनय मोहनलाई नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार विनयलाई नेपालका लागि नयाँ राजदूतम नियुक्त गरिएको छ ।

भारतको मन्त्रीपरिषद्को बैठकले क्वात्रालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो । विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन् । गत डिसेम्बरमा कार्यकाल पूरा गरी स्वदेश फर्किएका भारतीय राजदूत मञ्जिभसिंह पुरीको जिम्मेवारी विनयलाई दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?