राष्ट्र बैंकले ५, १० तथा ५ सयको नोट छाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५, १० तथा ५ सयको नोट छाप्नको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार ५ सयको नोट १९ करोड थान नोट छाप्न लागेको छ । भने १० रुपैयाँको ३४ करोड थान तथा ५ को नोट भने ३० करोड थान छाप्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नयाँ नोटको डिजाइन तथा छपाई तथा आपूर्तीका लागि विदेशी कम्पनीहरुसँग योग्यताको छनोट प्रक्रिया समेत अघि बढाइसकेको छ ।

त्यसको लागि योग्यता छनोटका लागि २० हजारको भौचरसहित राष्ट्र बैंकमा आवेदन दिनको लागि समेत आह्वान गरेको राष्ट्र बैंकले जनाएको छ । उक्त छनोट प्रक्रिया मार्फत उचित भएमा मात्र ग्लोवल टेन्डरमा आह्वान गर्नसक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?