चोरी गरेर ल्याएको ६५ लाख भारतीय रकमसहित तीन जना पक्राउ

कैलाली। भारतको दिल्लीबाट चोरी गरेको ल्याएको ६५ लाख भारतीय रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले अनुसार जिल्ला प्रहरी कार्यालय कैलालीले बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका २९ वर्षीय जहर सिंह थापा सोही ठाउँकी २८ बर्षकी मनाकुमारी खड्का (थापा) र कैलालीको गौरिगंगा नगरपालिका २ कि ३२ वर्षकी बिन्दाकुमारी थापा (रावल) लाई उक्त रकमसहित पक्राउ गरीएको हो ।

बाजुराका जहर सिंह थापा र मना कुमारी खड्का थापाले भारतबाट पैसा चोरी गरेको र कैलाली गौरिगंगाकी बिन्दा कुमारी थापा (रावल)ले चोरीको पैसा आफ्नो घरमा लुकाई राखेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले कैलालीको गौरिगंगा २ मा बिन्दाकुमारी को कच्ची घर कोठाभित्र सुत्ने खाटमुनि खाल्डो खनेर टिनको बाकसभित्र प्लास्टिक र कपडामा बेरी पुरेको अवस्थामा ६५ लाख भारतीय रुपैयाँ बरामत भएको हो ।

उनीहरूले मङ्सिर ४ गते भारतबाट रकम चोरेर ल्याएको प्रहरीले जनाएको छ । भारतको दिल्ली निवासी विश्वेश्वर अग्रवालको कार्यालयबाट गरगहना र नगद चोरी भएको भारतीय राजदूतावासले जनाएपछि कैलाली प्रहरीले उनीहरूको पक्राउ गरेरको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?