ट्रेनलाई च्यालेन्ज दिने घोडा !

काठमाडौं । भारतको नयाँ दिल्लीमा एक्सप्रेस ट्रेन प्रतिघण्टा ८० किलोमिटरको रफ्तारमा दौडिन्छ । तर एउटा घोडाले ट्रेनको यो रफ्तारलाई सजिलै च्यालेन्ज दिन सक्छ ।

यो घोडाको नाम शान रहेको छ । यो घोडाले एक दिनमा सय ग्राम देशी घिउ पिउँछ । साथै ५ सय रुपैयाँको चना खाने गर्छ । यो घोडाको मूल्य १ करोड ६० लाख नेपाली रुपैयाँ छ ।

५ दशमलव ५ फिट अग्लो यो घोडा भारतको महाराष्ट्रस्थिित सारंगखण्डमा भएको चेतक उत्सवमा देखिएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । शानका मालिक तारा सिंहले उक्त घोडा मारवाडीको रहेको बताएका छन् । तारा सिंह पञ्जावको अमृतसरमा बस्ने गर्छन् । शानले यो पालीको घोडदौड जितेको छ ।

यस घोडको अधिकतम गति नै प्रतिघण्टा ८० किलोमिटर छ । सारंगखण्डमा आयोजना भएको चेतक उत्सवमा भाग लिन राजस्थान, पञ्जाव, हरियाणा आदि क्षेत्रबाट ५ सय घोडाहरु आएका थिए ।

यो घोडा अहिलेसम्म ५ पटक घोडदौड प्रतियोगितामा च्याम्पियन बनेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?