एनआइसी एसिया बैंकको भ-याङमा बम, नेपाली सेनाद्वारा डिस्पोज

सप्तरी । सप्तरीको राजविराजमा एनआइसी एसिया बैंकको भ-याङमा बम फेला परेको छ ।

बैंक खोलेसँगै कार्यालयको भ-याङमा कर्मचारीले बम देखेका थिए । कर्मचारीले थाहा पाउने वित्तिकै प्रहरीलाई खबर गरेका थिए ।

जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको भिमदल गणको बम डिस्पोजल टोलीले बम निस्कृय पारेको हो ।

तर्साउनका लागि राखिएको होब्स बम सेनाको प्राविधिक टोलीले विस्फोट गरेर सफलतापूर्वक निस्कृय पारेको प्रहरीले जनाएको छ।

फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?