भत्किने भयो नेपालको संसद भवन

काठमाडौं । भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काइने भएको छ । मंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्टेट हाउस (विदेशी पाहुना गृह) बनाउन निर्देशन दिएको छ ।

समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्काने गरी नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् । सहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावअनुसार समितिले सो निर्देशन दिएको हो ।

भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।

समिति सभापति खड्काले भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?