पब्जी खेल्न पूजारीले चोरे ३१ वटा साइकल !

काठमाडौं । पब्जी खेल्ने चक्करमा धेरैजसो युवाहरु त्यसमै भुलिरहेको त हामिलाई थाहानै छ । यो गेमको चक्करमा मानिसहरु खान पिउन पनि बिर्सने गर्छन् ।

तर पब्जीको चक्करमा एक पूजारी चोर बनेका छन् । आफ्नो सौख पुरा गर्नको लागि उनले छिमेकीकै साईकल चोरेका हुन् । अहिले उनलाई हैदराबाद प्रहरीले गिरफ्तार गरेको छ ।

यो घटना भारतको हैदराबादमा भएको हो । भारतको मौला अलिका १९ वर्षीय सिद्धार्थ एक मन्दिरका पूजारी हुन् । पूजारी पनि युवापनको जोशमा चोरी गर्नबाट बँच्न सकेनन् र पब्जी खेल्नको लागि आमासँग पैसा माग्न थाले ।

घरबाट पैसा नदिएपछि उनले साइकल चोर्न थाले । मौला अलिको मंगापुरम कोलोनीमा आफ्नी आमासँग बस्दै आएका सिद्धार्थले छिमेकीका अहिलेसम्म ३१ वटा साईकल चोरिसकेका छन् ।

आसपासमा जसको साईकल हुन्थ्यो सिद्धार्थ त्यो साइकल चोरेर बेच्ने र त्यसबाट आाएको पैसाले पब्जी खेल्ने गर्थे ।

सिद्धार्थलाई चोरी गर्दै गर्दा हैदराबाद पुलिसको पक्राउ गरेको थियो । साथै पुलिसले सिद्धार्थको साथबाट १७ चोरी गरेका साइकल बरामद गरेको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?