सिद्धार्थ बैंकको २ नयाँ शाखा एकैसाथ सञ्चालनमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो वित्तीय पहुँच विस्तार गर्ने क्रममा एकैदिन फरक फरक ठाँउमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । यसैक्रममा बैंकले गोरखा तथा उदयपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले गोरखाको गोरखा बजार तथा उदयपुर कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
सर्वसाधारण तथा उद्यमीमाथ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार र रकम भुक्तानी लगायत सबै सेवा पुर्याउने उदेश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो शाखा सञ्चालनको दौरानमा देशभर गरि १८० शाखा कार्यालय (४ एक्सटेन्सन काउन्टर), १०१ शाखारहित सेवा, १९९ एटउिम् तथा १६ सय भन्दा बढि पीओएस मार्फत सेवा सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?