बाबा रामदेवले दीपिकालाई भने म जस्तो सल्लाहकार राख्नुपर्छ !

काठमाडौं । जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको विवाद पछि बलिउड अभिनेत्री दीपिका पादुकोण विद्यार्थीहरुको प्रदर्शनमा सामेल हुन गएकी थिइन् ।

उनले त्यहाँ घाइते भएका विद्यार्थीहरुलाई भेटिन् पनि । दीपिका जेएनयु प्रदर्शनमा जादाँ कति मानिसहरुलाई मन परेन । उनी जेएनयु प्रकरणमा गएको भन्दै यस बारेमा राजनीति भईरहेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

केहि नेताहरुले दीपिकामाथि गरेको टिप्पणी सुनेपछि योग गुरु बाबारामदेवले दीपिकालाई सल्लाह दिएका छन् । उनले भने दीपिका जेएनयु गएपछि उनको नयाँ फिल्म छपाकको लगातार बिरोध भईरहेको छ । मध्य प्रदेशको इन्दोरमा पत्रकारहरुसँग कुरा गर्दै बाबा रामदेवले सामाजिक, राजनीतिक र साँस्कृतिक घटनाहरु थाहा पाउनकालागि दीपिकाले लाई विज्ञ सल्लाहकार राख्न सुझाव दिएका छन् ।

पीटीआई भाषाका अनुसार रामदेवले भने “उनी अभिनयको हिसाबमा एकदमै कुशलताका साथ काम गर्छिन् । तर उनलाई साँस्कृतिक,सामाजिक तथा राजनीतिक कुराहरु बुझ्नको लागि देशको बारेमा धेरै पढ्नु र बुझ्नु पर्छ । यो बारेमा जानकारी लिएर मात्र उनले आफ्नो निर्णय लिनुपर्छ । यसका लागि उनले मजस्तै कोहि सल्लाहकार राख्नु पर्छ ।”

रामदेवले संसोधित नागरिकता कानूनको समर्थन गर्दै सीएएको पुरा नाम थाहा नभएकाहरुले प्रधानमन्त्रीलाई अपशब्द बोलेर गाली गरिरहेको भन्दै आपत्ति जनाएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?