भृकुटीमण्डपमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी शुरु, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा “कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ बृहत जुत्ता प्रदर्शनी शुरु भएको छ । काठमाण्डौको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन भइरहेकाे संघले जनाएको छ ।

संघका अनुसार विगतका प्रर्दशनीहरुको अवलोकन कर्ताहरुको उत्साह र सहयोगलाई मुल्याकंन गर्दै यस वर्ष पनि सातौँ प्रर्दशनी भव्यताका आयोजना गरिएको हो । त्यस्तै नेपाल छाला जुत्ता उत्पादक संघमा आवद्ध विभिन्न उद्योगहरुले उत्पादन गरेका जुत्ताहरुमा शत प्रतिशत छालाको प्रयोग भएको पनि कम्पनीको दावी रहेको छ । साथै नेपालको भौगोलिक स्थिती , नेपाली उपभोत्ताहरुको सरदर आय तथा आम उपभोक्ताहरुको रुचिलाई मध्यनजर गरि गरिएका  उत्पादनहरु अत्यन्त आर्कषक र सुलभ मुल्यका रहेको पनि संघको भनाई रहेको छ ।

भने मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको छ । मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ । त्यस्तै उपभोक्तहरुले त्यहाँबाट खरीद गरेका सामानहरु फेरबदल गर्नु परेमा सम्बन्धीत कम्पनी वा कम्पनीहरुको स्वरुममा बिल सहीत सम्र्पक गर्न सकिने सुविधापनि कम्पनीले उपलब्ध गराएको छ ।

सह आयोजक घरेलु तथा साना उद्योग महासंघ नेपाल चेम्बर अफ कर्मस रहेका छन् भने प्रबद्र्धक व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र रहेको छ । त्यस्तै उक्त मेला २०७६ पौष २८ बाट शुरु भई गते देखि माघ ४ गते सम्म चल्ने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?