प्रिन्स दाहालको छलाङ : विश्व वरियताको ११ औ स्थानमा

काठमाडौं । ब्याडमिन्टनको युवा स्टार प्रिन्स दाहाल विश्व वरियताको ११ औ स्थानमा पर्न सफल भएका छन् ।

गत मंगलबारमात्र विश्व वरियतामा छलाङ मार्दै १४ औं स्थानमा उक्लिएका प्रिन्सले ३ स्थान सुधार गर्दै ११ औं स्थानमा अटाएका हुन् । प्रिन्सले प्राप्त गरेको वरियता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट नतिजा हो । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ)ले मंगलबार सार्वजनीक गरेको वरियतामा प्रिन्स ११ औं स्थानमा छन् ।

विश्व ब्याडमिन्टन महासंघले पुरुषतर्फ यू–१९ र सिनियरतर्फ गरि दुई स्पर्धामा वरियता सार्वजनीक गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?